एमाले अध्यक्ष ओली आइतबार प्रधानमन्त्रीमा नियुक्त हुने,आइतबारै सपथ



काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री पदमा नियुक्ति आइतबार मात्रै हुने भएको छ ।

ओलीले १६६ सांसदको समर्थनसहित शुक्रबार राति प्रधानमन्त्रीमा दाबी पेस गरे पनि नियुक्ति भने आइतबार मात्रै हुने राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

कांग्रेस र एमालेका सांसदका १६६ सांसदको समर्थनबारे फाइल प्राप्त गरेसँगै राष्ट्रपतिले आवश्यक अध्ययन गरेर आइतबार मात्रै नियुक्ति गर्ने सचिवालयको भनाइ छ ।

प्रकाशित मिति : असार २९, २०८१ शनिबार  ७ : ५० बजे