रुकुममा पहिरोले घर बगायो, तीनजनाको मृत्यु



काठमाडौं । रुकुममा पहिरोले घर पुरिँदा तीनजनाको मृत्यु भएको छ ।

जिल्लाको आठबिसकोट नगरपालिकाको भीमचौरमा गिजा खोलामा आएको बाढी र पहिरोले दुईवटा घर र एउटा टहरा बगाउँदा तीनजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ८ वर्षकी हितमाया पुन, ५ वर्षकी धनिसा पुन र ४ वर्षकी मनिषा सार्की रहेको प्रहरीले जनाएको छ

प्रकाशित मिति : श्रावण १, २०८१ मंगलबार  ८ : ०३ बजे