उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदूतको भेट



काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेट भएको छ।

सिंहसँगको भेटका लागि मंगलबार बिहान मन्त्रालयमा राजदूत श्रीवास्तव पुगेका थिए।भेटमा राजदूत श्रीवास्तवले सिंहलाई बधाइ दिँदै कार्यकाल सफलताको शुभकामना दिए।

सिंहले सोमबार मात्रै मन्त्रीका रूपमा कार्यभार सम्हालेका हुन्। कार्यभार सम्हालेको भोलिपल्टै भेटका लागि श्रीवास्तव मन्त्रालय पुगेका थिए।

प्रकाशित मिति : श्रावण १, २०८१ मंगलबार  १ : ४२ बजे