समाजवादी मोर्चा सक्रिय,बनायो समीक्षा कार्यदल



काठमाडौं, १ साउन ।समाजवादी मोर्चाले नेपाली कांग्रेस र नेकपा ९एमाले०को सरकारलाई पश्चगमनको यात्रा भएको निष्कर्ष निकालेको हछ ।

मंगलबार अपराह्न नेकपा (एकीकृत समाजवादी)को कार्यालय आलोकनगरमा बसेको बैठकले कांग्रेस–एमालेको गठबन्धनलाई पश्चगमनको यात्राु भनेर निष्कर्ष निकालेको हो ।

मोर्चाको बैठकले पछिल्लो राजनीतिक परिस्थितिको विश्लेषण गर्न समीक्षा कार्यदल गठन गरेको छ । आज (मंगलबार) नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालयमा बसेको बैठकले पछिल्लो राजनीतिक घटनाक्रमले मुलुकलाई पश्चगमनतिर धकेलेको निश्कर्ष निकाल्दै समीक्षाका लागि कार्यदल गठन गरेको हो । कार्यदलले समीक्षालाई दस्तावेजीकरण गरेर आगामी कार्यक्रम र योजनासहित तय गर्ने बताइएको छ । कार्यदललाई १५ दिनको समय सीमा दिइएको छ ।

समाजवादी मोर्चामा अहिले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी छन् ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’,प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव र सह–अध्यक्ष गंगानारायण श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसाल, प्रमेश हमाल र जीवनराम श्रेष्ठलगायत सहभागी थिए ।

प्रकाशित मिति : श्रावण १, २०८१ मंगलबार  ८ : ५८ बजे