देउबाले बोलाए कांग्रेस संसदीय दलको बैठक



काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

आइतबार मध्यान्ह १२ बजेका लागि बोलाइएको बैठ बैठक आइतबारका लागि बोलाइएको नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्नेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुभन्दा अगाडि बस्ने बैठकमा सरकार संसद र समसामयिक राजनीतिको विषयमा छलफल हुनेछ ।

प्रकाशित मिति : श्रावण ५, २०८१ शनिबार  १० : ११ बजे