ललितपुरका एक बालकमा हैजा पुष्टि



काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत एक बालकमा हैजा पुष्टि भएको छ।

अस्पतालका निर्देशक डा युवानिधि बसौलाका अनुसार ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १४ को एक पुनर्स्थापना केन्द्रमा बस्दै आएका १६ वर्षीय बालकमा हैजा पुष्टि भएको हो।

हैजाको लक्षण सहित उपचारका लागि शुक्रराज अस्पतालमा ल्याइएका ती बालकको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कल्चर गराउँदा हैजा पुष्टि भएको डा बसौलाले जानकारी दिए।

सोही स्थानबाट हैजाकै लक्षण देखिएका अर्का एक बालकको पनि शुक्रराज अस्पतालमा उपचार भइरहेको छ। उनको हैजा परीक्षण गरिएको छ भने रिपोर्ट आउन बाँकी रहेको छ।

प्रकाशित मिति : श्रावण ८, २०८१ मंगलबार  ७ : ४६ बजे