प्रधानमन्त्री ओलीले लिए मुख्यसचिव,मन्त्री र सचिवहरूसँग ब्रिफिङ



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र सचिवहरूसँग ब्रिफिङ लिन सुरु गरेका छन्।सबै मन्त्रालयका मन्त्री र सचिवहरूलाई राखेर प्रधानमन्त्री ओलीले ब्रिफिङ लिन सुरु गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा ब्रिफिङ सुरु भएको हो।ब्रिफिङमा मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, राष्ट्रिय योजना आयोगका पदाधिकारी, मुख्यसचिव र सबै सचिव सहभागी छन्।

प्रकाशित मिति : श्रावण १३, २०८१ आईतबार  १२ : ३८ बजे