धनगढी । सुदूरपश्चिम प्रदेश कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाहले मुख्यमन्त्रीमा दावी पेश गरेका छन्।आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले औपचारिक निर्णय गरेपछि शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेस गरेका हुन् ।
केन्द्र सरकारमा एमाले र माओवादीको सत्ता समीकरण भत्किएपछि गत असार २० गते एमाले सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरिएको थियो ।
सत्ता साझेदार दल एमाले बाहिरिएपछि तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको थियो । उनले ३० दिन अल्पमतको सरकार चलाएर गत शुक्रबार राजीनामा दिएका थिए ।














