काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कारोबार ‘रेकर्ड’ ब्रेक गरेको छ । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा २७ अर्ब २४ करोड २० लाख बढीको सेयर खरिद बिक्री भएको छ ।
कारोबारसँगै सेयर बजार पनि ७०.८१ अंकले बढेको छ । आजको कारोबारपश्चात समग्र बजार मापक परिसूचक २९३.६५ मा कायम छ ।धिकांश क्षेत्रका सूचक बढेका छन् । बैंकिङ २.९५, विकास बैंक ३.००, फाइनान्स ४.८१, होटल तथा पर्यटन २.९४, हाइड्रोपावर ३.४३, जीवन बीमा ५=८५, माइक्रोफाइनान्स १.०८, निर्जीवन बीमा २.९७, अन्य १।०० तथा ब्यापार समूह ४।१३ प्रतिशत बढेका छन् । मलगानी ०.१९ र उत्पादन समूहको सूचक भने १. १९ प्रतिशत घटे ।
इन्भेष्टमेन्ट र म्यानु एण्ड प्रो दुईवटा उपसूचक बाहेक सोमबार बाँकी ११ वटा उपसूचक धनात्मक भएका छन् ।











