प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरुद्धको रिट सर्बोच्चद्वारा खारेज



काठमाडौं, ३० साउन। प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति र शपथविरुद्ध दायर भएको रिट खारेज भएको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको संवैधानिक इजलासमा सुनुवाइ भएको उक्त रिट खारेज गरिएको हो ।

प्रधानमन्त्रीमा ओलीलाई गरिएको नियुक्तिमा गलत धाराको प्रयोग भएको दाबी गर्दै तीन वटा छुट्टाछुट्टै रिट इजलासमा दर्ता भएको थियो ।

उक्त रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले सुनुवाइ गर्न उपयुक्त भएको भन्दै संवैधानिक इजलासमा पठाउने निर्णय गरेको थियो । सो आदेशअनुसार आज संवैधानिक इजलासमा सुनुवाइ भइ खारेज भएको हो ।

प्रकाशित मिति : श्रावण ३०, २०८१ बुधबार  ८ : २३ बजे