सेयर बजारमा नयाँ रेकर्ड, हालसम्मकै उच्च कारोबार



, काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा २९ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

यो कारोबार रकम हालसम्मकै उच्च हो । यसअघि सोमबार कारोबार रकमले २७ अर्ब २४ करोडको उच्च रेकर्ड बनाएको थियो ।सोमबार २७ अर्ब २४ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । त्यो यसअघिको उच्च कारोबार थियो ।

बिहीबार नेप्से ४३.०५ अंकले बढेर ३०००.८१ विन्दुमा बन्द भएको छ ।१०५ कम्पनीको सेयर मूल्य बढेको छ । १३७ कम्पनीको सेयर मूल्य घटेको छ ।

प्रकाशित मिति : श्रावण ३१, २०८१ बिहीबार  ३ : २४ बजे