काठमाडौँ । सरकारले टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठक सो निर्णय गरेको हो।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको प्रस्तावमा प्रतिबन्ध हटाइएको हो।
क्याबिनेटले निर्णय गरेसँगै देशभर प्रतिबन्धित भएको एप टिकटक सहज रुपमा चल्ने भएको छ।
गत वर्ष असोज २७ गते नेपाली समाजको सामाजिक सद्भाव बिगारेको भन्दै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नेपालभर टिकटक चल्न नदिने निर्णय गरेको थियो।
सरकारको निर्णय पुनर्विचारका गर्न चिनियाँ पक्षले सरकारलाई आग्रह गरेको थियो।














