काठमाडौँ । मुलुकबाट लोडसेडिङ अन्त्य भई नियमितरूपमा विद्युत आपूर्ति हुन थालेपछि विद्युत (ऊर्जा) खपत तीन गुणा बढेको छ।
नेपाल विद्युत प्राधिकरणका अनुसार आर्थिक वर्ष आव ९२०७२र०७३० मा ३ अर्ब ७२ करोड युनिट ऊर्जा खपत भएकोमा गत आर्थिक वर्ष २०८०/०८१ मा १० अर्ब २ करोड युनिट पुगेको छ।
आठ वर्षको अवधिमा देशभित्रको विद्युत खपत ६ अर्ब ५१ करोड युनिट वृद्धि भएको हो। आठ वर्षअघि विद्युत खपत वृद्धिदर नै ऋणात्मक थियो।
गत आर्थिक वर्षमा सबैभन्दा बढी ग्रार्हस्थतर्फ ४ अर्ब ३१ करोड र औद्योगिक ग्राहकतर्फ ३ अर्ब ६९ करोड युनिट विद्युत खपत भएको छ। बाँकी विद्युत अन्य समूहका ग्राहकले खपत गरेका हुन्। आठ वर्षअघि १३१ युनिट रहेको प्रतिव्यक्ति ऊर्जा खपत गत आवसम्म आइपुग्दा ४०० युनिट पुगेको छ।
आठ वर्षअघि वर्षायाममा समेत दैनिक ८ घण्टा लोडसेडिङ थियो। हिउँदमा दैनिक १४ घण्टासम्म लोडसेडिङ गर्नुपर्ने प्रक्षेपण थियो। २०७३ को कात्तिकबाट काठमाडौं उपत्यका हुँदै क्रमिकरूपमा देशका प्रमुख सहरहरूका गार्हस्थ्यतर्फका ग्राहकको र त्यसपछि औद्योगिक ग्राहकको लोडसेडिङ अन्त्य गरिएको थियो। २०७५ वैशाखबाट सिङ्गो मुलुक लोडसेडिङमुक्त घोषणा गरिएको थियो।
८ वर्षअघि ५८ प्रतिशत घरपरिवारमा मात्र विद्युत पुगेको थियो। अहिले ९९ प्रतिशतमा विद्युत पुगेको प्राधिकरणाले जनाएको छ। विद्युतको पहुँच पुगेका घरपरिवारमध्ये ९७ प्रतिशत राष्ट्रिय ग्रिडबाट र २ प्रतिशतले ग्रिडभन्दा बाहिर रहेका लघुजलविद्युत, सौर्य ऊर्जालगायतबाट विद्युत उपभोग गरिरहेका छन्। आव वर्षअघि विद्युत्का ग्राहक करिब ३० लाख रहेकामा हाल सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको छ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ अन्त्यपछि पर्याप्त निरन्तर विद्युत आपूर्ति हुन थालेपछि विद्युत खपत बढेको बताए।
‘ठूला तथा साना उद्योगहरूले निरन्तर विद्युत आपूर्ति पाइरहेका छन्, यसअवधिमा उद्योगहरुको धैरे लोड स्वीकृत गरिएको छ, खाना पकाउनलगायत घरायसी प्रयोजनमा विद्युतीय उपकरणहरूको प्रयोग बढेको छ, निजी तथा सार्वजनिक यातायातमा विद्युतीय सवारीसाधनको प्रयोग बढिरहेको छ, विद्युतीकरण व्यापकरूपमा गरिएको छ जसका कारण आन्तरिकरूपमा विद्युतको खपत बढिरहेको छ,’ कार्यकारी निर्देशक घिसिङले भने।
निर्देशक घिसिङले हरेक वर्ष विद्युत माग बढेसँगै विद्युत आपूर्तिमा चुनौती थपिएको बताए। उनले भने, ‘त्यस्ता चुनौती र समस्याको समाधान गरी उपभोक्तालाई भरपर्दो, गुणस्तरीय, सुरक्षित विद्युत आपूर्ति देशका प्रमुख शहरहरूलाई ११ वटा क्लस्टरमा विभाजन गरी सन् २०५० सम्मको मागलाई आपूर्ति गर्न सक्ने प्रसारण र वितरण संरचनाको गुरु योजना तयार गरी क्रमिकरूपमा कार्यान्वयनमा लगिएको छ।’
उनले आन्तरिक रूपमा विद्युतको खपत बढाउने, उत्पादन वृद्धि गरी आयात घटाउने र निर्यात वृद्धि गर्ने गरी काम भइरहेको उल्लेख गरे।
आर्थिक वर्षमा २०७२र०७३मा ३ अर्ब ७२ करोड युनिट रहेको विद्युत खपत आव २०७३र०७४मा २८।४७ विन्दुले बढी ४ अर्ब ७७ करोड युनिट पुगेको थियो। आव २०७४र०७५मा विद्युत् खपत ५ अर्ब ५६ करोड, २०७५र०७६मा ६ अर्ब ३० करोड युनिट, २०७६र०७७मा ६ अर्ब ४२ करोड, २०७७र०७८ मा ७ अर्ब २८ करोड युनिट भएको थियो।
यसैगरी, २०७८र०७९मा ८ अर्ब ८४ करोड, २०७९र०८० मा ९ अर्ब ३५ करोड र २०८०र८१मा १० अर्ब २ करोड युनिट विद्युत खपत भएको थियो। आव २०७९र८०को तुलनामा आव २०८०र८१मा विद्युत खपत करिब १० प्रतिशतले बढेको हो। गत आर्थिक वर्षमा पिक डिमाण्ड ९विद्युत बढी माग हुने समय० अघिल्लो आव २०७९र८० को तुलनामा ११।३४ प्रतिशत विन्दुले वृद्धि भएको थियो। गत आवको जेठ १६ गते देशभित्रको सबैभन्दा बढी विद्युतको माग रेकर्ड गरिएको थियो।
उक्त दिन पिक डिमाण्ड २ हजार २१२ मेगावाट पुगेको थियो। वर्षायामका ६ महिना विद्युत भारतर्फ निर्यात गर्ने अवस्था बने पनि हिउँदमा नदी प्रवाही जलविद्युत आयोजनाहरूको विद्युत उत्पादन घटी केही महिना देशभित्रको माग धान्न विद्युत आयात गर्नुपर्ने अवस्था रहेको प्राधिकरणको भनाइ छ। तर, प्रणालीमा आयात गरिएको ऊर्जाको परिमाण भने घट्दै गएको छ। गत आवमा प्रणालीमा आयाति ऊर्जाको हिस्सा १४।६८ प्रतिशत रहेको छ। जुन अघिल्लो आवको तुलनामा ८।५७ प्रतिशत विन्दुले कम हो। विद्युत निर्यात ४४ प्रतिशत विन्दुले वृद्धि भएको छ।
गत आवमा भारतबाट १ अर्ब ९० करोड युनिट अर्थात १६ अर्ब ९३ करोड रुपैयाँ बराबरको विद्युत आयात गरिएको थियो। तर, यही अवधिमा १ अर्ब ९५ करोड युनिट विद्युत भारतर्फ निर्यात गरी १७ अर्ब ६ करोड रुपैयाँ आम्दानी भएको थियो। गत आवमा आयातभन्दा १३ करोड रुपैयाँको बढीको विद्युत निर्यात गरी खुद विद्युत आयातकर्ताबाट नेपाल खुद विद्युत निर्यातकर्ता बनेको थियो।











