टिकन सकेन सेयर बजारको बृद्धी : उच्च अंकको गिरावटसहित २९ सयमुनि झर्‍यो नेप्से



काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार ७९.८८ अंकले घटेर २९ सय विन्दु तल झरेको छ ।

यस दिन कारोबारमा आएका १३ मध्ये माइक्रोफाइनान्स समूहको परिसूचक बढेको छ । बाँकी सबै समूहको परिसूचक घटेको छ । माइक्रोफाइनान्स समूहको परिसूचक ५८.४० अंकले बढेर ५४३०.६२ विन्दुमा पुगेको छ ।

समग्र बजार घट्दा पनि तीन लघुवित्त कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । विन नेपाल, उपकार, आत्मनिर्भर लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । थ्रीस्टार हाइड्रोपावरको ९.९, धौलागिरि लघुवित्तको ८.१, गुराँस लघुवित्तको ७.२, कर्पोरेट डेभलपमेन्ट बैंकको ६.९, सप्तकोशी विकास बैंकको ६.९ तथा समाज लघुवित्तको मूल्य ६.८ प्रतिशत बढ्यो ।

कुथेली बुकरी स्मल हाइड्रोपावरको ७.९, मेन्छियाम हाइड्रोपावरको ७, सेन्ट्रल फाइनान्सको ७, साइन रेसुङ्गा विकास बैंकको ६.७ प्रतिशत मूल्य घट्यो ।

प्रकाशित मिति : भाद्र ९, २०८१ आईतबार  ४ : ०२ बजे