काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल हरेक महिनामा एक दिन सार्वजनिक स्थलमा पुग्ने कार्यक्रम तय भएको छ।
‘सार्वजनिक स्थलमा राष्ट्रपति’ कार्यक्रमअन्तर्गत महिनाको एक दिन सार्वजनिक स्थलमा पुग्ने तय भएको हो।
सार्वजनिक स्थलमा उनले आम नागरिकसँग संवाद गर्ने तथा स्थानीयहरूको गुनासो सुन्नेछन्। जस अन्तर्गत पहिलो पटक आज भक्तपुर दरबार स्क्वायर जाने कार्यक्रम तय भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
राष्ट्रपति पौडेल आज बिहान साढे ११ बजे भक्तपुर दरबार क्षेत्रमा जाने कार्यक्रम तय भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।














