आइतबार सेयर बजार २५.४६ अंकले घट्यो,१० अर्ब १२ करोडको कारोबार



काठमाडौं । आइतबार सेयर बजार २५.४६ अंक घटेको छ । सो अंकको गिरावटसँगै नेप्से परिसूचक २७०१.९ अंकमा कायम भएको छ ।

बजार घट्दा कारोबार रकम केही बढेको छ ।आज १० अर्ब १२ करोडको कारोबार भएको छ ।

समग्र बजार घट्दा पनि चार कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । माहुली लघुवित्त, सिर्जनशील लघुवित्त, मिडसोलु हाइड्रोपावर र मनकामना इन्जिनियरिङ हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।

प्रकाशित मिति : भाद्र २३, २०८१ आईतबार  ३ : ३० बजे