काठमाडौं । संसदीय सुनुवाइ समितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ ।
बैठकमा विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सम्बन्धमा छलफल र निर्णय गर्ने कार्यसूची रहेको थियो ।
राजदूतहरूको सुनुवाइ सकिएकोले अब बस्ने बैठकले उनीहरूको सिफारिसबारे अन्तिम निर्णय गर्नेछ ।
आजका लागि तय गरिएको बैठक स्थगित गरिएको समितिका सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् । अर्को बैठक सम्भवतः असोज २ बजे बस्नेछ, उनले भनिन् ।
सरकारले गएको साउन १४ गते एकसाथ १८ देशका निम्ति राजदूतमा विभिन्न व्यक्तिका नाम सिफारिस गरेको थियो ।
तीमध्ये एकजनाको नाम सरकारले फिर्ता लिएको थियो । सुनुवाइका निम्ति १७ जनाको नाम पठाइएको थियो ।










