जनता पिडित हुँदा मधेश नटेकेको भन्दै बढी पिडितले मन्त्री उपेन्द्र यादबको पुत्ला जलाए



सप्तरी-

केही दिनदेखि परेको अविरल वर्षाका कारण हजारौ जनता विस्थापित हुदाँ समेत बेवास्ता गरेको भन्दै सप्तरी जिल्लाका बाढी पीडितले स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवका पुत्ला जलाएका छन् ।

केही दिनदेखि परेको अविरल वर्षाका कारण हजारौ जनता विस्थापित भएका बेला मन्त्री यादवले चासो नदिएको भन्दै उनको पुत्ला जलाइएको हो । बाढीका कारण दर्जनौ वेपत्ता भएका छन् भने कतिपयको ज्यान पनि गएको छ तर मन्त्री यादव हालसम्म सप्तरी पुगेको छैनन् ।

सो क्षेत्रमा बाढीका कारण केहीले ज्यान गुमाएका छन भने दर्जनौ अहिलेसम्म बेपत्ता छन् । आफ्नो क्षेत्रका बासिन्दा बाढिका कारण घरबार बिहिन बनेको बेला मन्त्री यादवले सहानुभुति समेत नराखेको भन्दै उनिहरुले यादवको पुत्ला दहन गरेका हुन ।

यादवले सप्तरीको सोही क्षेत्रबाट चुनाव जितेका थिए । सरकारका उपप्रधानमन्त्रीसमेत रहेका यादव अहिलेसम्म सो क्षेत्रमा पुगेका छैनन । पुत्ला दहनपछि आयोजित कोणसभामा मन्त्रीले आफ्नो क्षेत्रको समस्याबारे चासो नलिएकाले उनको पुत्ला जलाएको स्थानीय युवा राजेश सिंहले बताए ।

त्यस्तै अर्का बाढी पीडित अमिर कामैतले भने, भोट लिने बेला हामी जनता चाहिन्छ, अहिले हामी पीडामा हुँदा खबर लिन नआएको कारण दुख लागेको बताए ।

पीडितहरुले डुवान परेको बेला राहत तथा उद्धारका लागि आफ्नो क्षेत्रमा आउनुको साटो मन्त्री यादव विदेश घुम्न जाने गरेको आरोप लगाएका छन् ।

प्रकाशित मिति : असार ३१, २०७६ मंगलबार  ४ : ४६ बजे