काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक (नेप्से) मा उच्च गिरावट आएको छ। २५२९ बिन्दुबाट सुरु भएको कारोबार ५८.९३ अंकले घट्दै परिसूचक २४७० बिन्दुमा ओर्लिएको छ ।
समग्रमा २.३३ प्रतिशतले घटेको बजारमा ५ अर्ब ६८ करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ ।१० कम्पनीको मूल्य बढ्दा २३३ को घट्यो भने एउटाको स्थिर रह्यो ।
सबै क्षेत्रका सूचक घटेका छन् । फाइनान्स सबैभन्दा धेरै ४.६ प्रतिशत घट्यो ।बैंकिङ २.००, विकास बैंक ३.०३, होटल तथा पर्यटन २.६६, हाइड्रोपावर २.८०, लगानी २.९८, उत्पादन १.९५, माइक्रोफाइनान्स २.३८, निर्जीवन बीमा १.३९, अन्य २.७९ र व्यापार २.०७ प्रतिशत घटे ।
स्वरोजगार लघुवित्तको मूल्य सबैभन्दा धेरै ८.८ प्रतिशत बढ्यो । अपर स्याङ्गे हाइड्रोपावरको ७.८, इङवा हाइड्रोको ४.१ तथा सीवाईसी लघुवित्तको ४ प्रतिशत बढ्यो ।
कारोबार रकमका आधारमा एनएलजी इन्स्योरेन्स, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स, अपी पावर र सानिमा माइ हाइड्रोपावर क्रमशः अगाडि रहे ।











