झ्याप्लेखोलाको पहिरोले बस पुरिएको ठाँउमा थप २८ जनाको शव भेटियो



काठमाडौँ । धादिङको धुनिवेसी नगरपालिका–९ स्थित झ्याप्ले खोलाको पहिरोमा पुरिएका गाडीबाट २८ जनाको शव निकालिएको छ ।

घटनास्थलमा १ सय हाराहारी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

अहिलेसम्म पुरिएका गाडीहरूबाट २८ जनाको शव संकलन भएको प्रहरीले जनाएको छ ।

शनिबार र आइतबार गरी उक्त सङ्ख्यामा शव फेला परेको हो ।

प्रकाशित मिति : आश्विन १३, २०८१ आइतबार  १ : ०८ बजे