काठमाडौं। बसन्तपुरबाट कालिमाटी लाग्दै गर्दा परोपकार स्कुलको अर्को पट्टी अवस्थित एउटा सामुदायिक भन्छा घर छ । बिगत ५ बर्ष देखी निरन्तर निम्न आय भएकाहरुलाई ‘खाना सबैलाई’ भान्छा घरले सहुलियत दरमा खाना खुवाउदै आएको हो ।
कोरोना कालमा समस्यामा परेकाहरु र कोरोना पिडितहरुलाई निशुल्क खाना खुवाएर शुरु भएको यो अभियानले नेपालको राजधानी काठमाडको कालीमाटीमा बिष्णुमती पुलसँगै रहेको परोपकार स्कुलको ठिक अगाडी एउटा संरचनानै तयार पारी सहुलियत दरमा खाना खुवाउदै आएको छ ।
‘निम्न आए भएका दैनिक ज्याला मजदुरी गरिखाने सडक ब्यवसायी, रिक्सा चालक ,राजधानी बाहिरबाट अध्ययनका लागि आएका निम्न वर्गका बिधार्थीदेखी अपांग, आय स्रोत नभएका आम मानिसहरुलाई कम पैसामा पेटभरी खाना खुवाउदै आएका छौं’, सञ्चालक नवराज मोक्तानले भने ।
हाल २०० जना भन्दा बढिलाई सहुलियत दरमा खाना खुवाइरहेको सामुदायिक भान्छा घरमा दैनिक ५१० जना निम्न आय भएका ब्यक्तिहरु आउने गरेको उनले बताए ।
आर्थिक श्रोत कम रहेकोले संस्थाले थप ब्यक्तीहरुलाई खाना खुवाउन नसकेको मोक्तानले जानकारी दिए । सहयोग गर्न चाहनेले संस्थाका बिभिन्न सोसिअल मिडिया वा सिधै सम्पर्क राखेर सहयोग गर्न सक्ने उनले जानकारि दिए ।