जनताको ढाड सेक्ने शैक्षिक शुल्क वृद्धि फिर्ता लिन माग गर्दै नेविसंघद्वारा आन्दोलन घोषणा



काठ्माण्डौ-

निजी शिक्षण संस्थाहरुले नियम बिपरित बढाएको मनलाग्दी शुल्क बिरुद्द नेपाली कांग्रेसको भात्री सङ्गठन नेविसंघले आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।

शुक्रबार राजधानीको रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलनको आयोजना गरेर कलेजहरुले मनपरी तरिकाले बढाएको शुल्क खारेजीको माग गर्दै सडक संघर्ष समेतका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

 

मनपरी शुल्क बृद्दिले आम अभिभाबक र बिधार्थिहरु अफ्ठेरोमा परेको बेला मनपरी बृद्दी गरिएको शुल्क रोक्न सरकारले कुनै पहल नगरेकोले आफुहरु आन्दोलनमा जानु परेको बिधार्थी नेताहरुले पत्रकार सम्मेलनमा बताएका छन ।

पत्रकार सम्मेलनमा बिधार्थी नेताहरु मनहरि श्रेष्ठ,लिलावल्लभ दाहाल (काका), मोतिलाल भण्डारी, कृष्ण कटेल ,शिब रिमाल लगायतले शिक्षण संस्थाहरुमा बिनाकारण बढाएको चर्को शुल्कले नागरिकको ढाड सेक्ने काम भएको र शुल्कबाट सरकारले कमिसन लिइरहेको आरोप लगाएका छन । उनिहरुले भ्रष्टचारी, कमिसनखोरको संरक्षणमा डुबेको सरकारले नागरिकको बोल्ने र लेख्न अधिकार समेत खोस्ने काम गरेको बताए ।

 

पत्रकार सम्मेलनमार्फत नेविसंघले आगामी १० गतेसम्मको संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

नेविसंघले  साउन ३ गते पत्रकार सम्मेलन, ६ गते शिक्षा मन्त्रीलाई ज्ञापनपत्र बुझाउने, ८ गते शुल्क वृद्धिविरुद्ध छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्ने र १० गतेबाट सडक संघर्षमा उत्रने  घोषणा गरेको छ ।

प्रकाशित मिति : श्रावण ३, २०७६ शुक्रबार  १२ : ३६ बजे