भारतीय विदेश मन्त्री एस जयशंकरले चीनको भ्रमण गर्दै



काठमाडौं–

आउँदो महिना भारतीय विदेश मन्त्री एस जयशंकर चीनको भ्रमण गर्ने भएका छन् ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी अक्टोबरमा चीन जाने भएकाले त्यसको पूर्व तयारीका लागी  भारतीय विदेश मन्त्री चीन भ्रमणमा जान लागेका हुन ।

भारतीय विदेशमन्त्रीले गत वर्षको डोकलाम विवादलाई विर्सिएर दुई देशबीचको व्यापार सम्बन्धलाई अझै मजबुद बनाउने र दुई देशबीचको लगानी आदानप्रदानका विषयमा पनि छलफल गर्नेछन् ।

भारतीय विदेशमन्त्री जयशंकरले भ्रमणका क्रममा भारत र चीनबीचको विवादका विषयमा पनि अधिकारीहरुसँग छलफल गर्ने र दुई देशको सम्बन्धलाई थप मजबुद बनाउने विषयमा भ्रमण केन्द्रित बनाउने भारतीय सञ्चार माध्यमले जनाएका छन्।

 

 

प्रकाशित मिति : श्रावण ५, २०७६ आईतबार  ८ : ५० बजे