विराटनगर महानगरपालिकाले गर्‍यो खेलाडीलाई सम्मान ,जनही ५० हजार प्रदान



विराटनगर-

विराटनगर महानगरपालिकाले साफ महिला फुुटवल प्रतियोगितामा उप विजेता नेपाली महिला टोलीलाई नगद सहित सम्मान गरेकोछ । विराटनगर महानगरपालिकाले सोमवार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी खेलाडीहरुलाई नगद सहित सम्मान गरेको हो ।

नेपाली टोलीलाई हौसला प्रदान गर्न जनही ५० हजारका दरले नगद पुरस्कार सहित सम्मानको घोषणा गरिए अनुरुप उक्त पुरस्कार प्रदान गरिएको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाका मेयर भिम पराजुलीले महिला खेलाडीलाई हौसल्ला प्रदान गर्न र आगामी दिनमा जीत हासिल गर्ने गरी प्रोत्साहन गर्न आबश्यक भएको औल्याए । खेल जगतको विकासका लागि विराटनगर महानगरले उल्लेख्य सहयोग गरिरहेको मेयर पराजुलीले बताए । एन्फाका अध्यक्ष कर्मा्छिरिङ शेर्पाले विराटनगरमा फुटवल प्रतियोगिता गर्न विराटनगर महानगरले गरेको योगदान अतुलनिय रहेको बताए । बिराटनगरले दिएको सद्भाव सहितको सन्देशले विदेशीले समेत एन्फालाई बिस्वास गर्ने वातावरण तय भएको बताए ।

कार्यक्रममा विराटनगर महानगरपालिका उपमेयर ईन्दीरा कार्की,प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारी ,जिल्ला प्रहरी कार्यालय मोरङका एसपी बिश्व अधिकारी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : श्रावण ७, २०७६ मंगलबार  ८ : २७ बजे