एकैदिन ४ हजारले घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?



काठमाडौँ । बिहीबार नेपाली बजारमा बिहीबार सुनको मूल्य ह्वात्तै घटेको छ।

हिजो तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँ रहेको सुनको भाउ आज चार हजार रुपैयाँले घटेर एक लाख ६४ हजार पाँच सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

आज छापावाल सुन प्रतितोला एक लाख ६४ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। हिजो बुधबार छापावाल सुन प्रतितोला एक लाख ६८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।


यसअघि कात्तिक १५ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलामा एक लाख ७१ हजार रुपैयाँ रहेको थियो।

आज सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। यस्तै आज चाँदीको भाउ पनि घटेको छ। चाँदी प्रतितोला ५५ रुपैयाँले घटेर एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेसँगै त्यसको प्रभाव सुनको भाउमा पनि परेको ठाँनिएको छ।

प्रकाशित मिति : कार्तिक २२, २०८१ बिहीबार  २ : ०२ बजे