काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको बयान सकिएको छ ।
आज रुपन्देहीमा उनको बयान सकिएको हो ।गत कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई कास्की लगेर पोखराको सूर्यदर्शन सहकारी ठगीमा उनको संलग्नताबारे बयान लिइएको थियो ।
तेस्तै बुटवलको सुप्रिम सहकारी ठगीमा उनको संलग्नताबारे रुपन्देही प्रहरीले उनको बयान सकाएको हो ।रुपन्देहीमा उनीसँग तीन दिन बयान लिएको हो । उनले सहकारी ठगीमा आफ्नो कुनै संलग्नता नरहेको भन्दै आरोप अस्वीकार गरेका छन् ।रविलाई तत्काल पोखारा लैजाने प्रहरीको तयारी छ ।
सहकारी ठगी प्रकरणमा उनी प्रहरीको थुनामा पुगेका हुन् ।
पोखराको सूर्यदर्शन सहकारी र बुटवलको सुप्रिम सहकारी ठगीमा ठगीमा उनको संलग्नता रहेको आरोप छ ।














