सहकारी ठगी प्रकरणः छविलाई काठमाडौं ल्याउने तयारी



काठमाडौं । प्रहरीले स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौं ल्याउने तयारी गरेको छ ।

कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगी प्रकरण अनुसन्धानका लागि उनलाई काठमाडौं ल्याउन लागिएको हो ।

कास्की प्रहरीको हिरासतमा रहेका पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौं ल्याउन लागिएको हो ।छवी र रविविरुद्ध गत आइतबार मात्रै स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।

प्रकाशित मिति : मंसिर ४, २०८१ मंगलबार  ४ : १४ बजे