काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै चिसो बढेको छ । दिनदिनै तापक्रम घटेसँगै उपत्यकामा चिसो बढेको हो ।
आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९।२ डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसअघि मंगलबार बिहान काठमाडौंको तापक्रम ९।९ डिग्री सेल्सियस थियो ।
काठमाडौं मात्रै नभैइ देशभरकै तापक्रम घटिरहेको छ । हिउँदयाम नजिकिँदै गरेकाले तापक्रम घटेर देशभर चिसो बढ्दै गएको हो ।










