काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।
मंगलबार बसेको बैठकले आन्दोलनको ठोस निर्णय लिन नसकेपछि रास्वपाले आज बैठक बोलाएको हो ।
पार्टिले जारी राखेको आन्दोलनको बारेमा नेताहरुबिच मतभेद बढेपछी अन्दोलनबारे निर्णय लिन कठिन हुँदै गएको बताइएको छ ।
अर्को चरणको विरोध प्रदर्शन गर्ने बताएको रास्वपाले त्यसको स्वरुप तय गर्न बैठक बोलाएको हो । बैठक आज दिउँसो तीन बजे बस्ने रास्वपाले जनाएको छ ।














