पुथा उत्तरगंगा-२ को वडाध्यक्षमा माओवादीका जगत घर्ती निर्विरोध



काठमाडौँ । पुथा उत्तरगंगा गाउँपालिका(२ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र) निर्विरोध भएको छ।

नेपाली कांग्रेस र नेकपा (एमाले)का साझा उम्मेदवारले मनोनयन फिर्ता लिएपछि माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भएका हुन्।

मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुने भएपनि माओवादीका एक मात्र उम्मेदवार घर्ती निर्विरोध भएका हुन्।

कांग्रेस(एमालेको तर्फबाट उम्मेदवारी दिएका जीवन रोकाले माओवादी उम्मेदवार आफन्त पर्ने भएकाले नाम फिर्ता लिएको बताए।

‘माओवादी उम्मेदवार काका नाता पर्नुभयो,’ उनले भने, ‘आफ्नो खुसीले उम्मेदवारी फिर्ता लिएको हो। पार्टीले कारबाही गरे स्वीकार्छु।’

पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षमा एमाले जिल्ला उपसचिव केसकुमारी तुलाचन कांग्रेसको चुनाव चिह्न लिएर उम्मेदवार बनेकी छन्। यहाँ माओवादी केन्द्रका नरपुरा बुढा उपाध्यक्ष उम्मेदवार छन्।

जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एकरएक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा मंसिर १६ गते उपनिर्वाचन हुँदैछ।

प्रकाशित मिति : मंसिर ५, २०८१ बुधबार  २ : ०७ बजे