सिधै १ लाख ३० हजार रुपैयाँ घुस माग्ने ४ जना कर्मचारि पक्राउ



पोखरा-

पेश्की फर्छ्योट गरिदिने भन्दै घुस रकम लिने जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख सहित ४ जना  १ लाख ३० हजार रुपैयाँ मागेको आरोपमा आइतबार पक्राउ परेका छन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका सूचना अधिकारी मेघनाथ रिजालका अनुसार पक्राउ पर्नेमा निमित्त कार्यालय प्रमुख भीमप्रसाद आचार्य, स्टोरकिपर (अधिकृत छैठौं) रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र सवारी चालक भवदत्त जैसी छन्।

सेवाग्राहीले सूचना दिएपछि पोखराबाट खटिएको अख्तियारको टोलीले उनीहरुलाई रंगेहात पक्राउ गरेको रिजालले जानकारी दिए।

उनीहरुले आव २०७५०७६ मा सम्पन्न कार्यक्रमको पेश्की फर्छ्योट गरिदिने भन्दै १ लाख ३० हजार रुपैयाँ मागेका थिए।

प्रकाशित मिति : श्रावण १२, २०७६ आईतबार  १ : २६ बजे