काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति प्राप्त भएको छ ।
म्याद थपको लागि लामिछानेलाई प्रहरीले कास्की जिल्ला अदालत पेश गरेको थियो ।आज थपिएको म्याद पाँचौ पटकको हो ।
न्यायाधीश हिमलाल बेलवासेको इजलाशले १५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।














