व्यवसायी प्रसाईंको बन्दीप्रत्यक्षीकरण मुद्दा न्यायाधीश पौडेल र पाण्डेको इजलासमा



काठमाडौं । साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतका न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको इजलासमा पेशी परेको छ ।

यसअघि मनोजकुमार शर्माको एकल इजलासले बन्दीसहित उपस्थित हुन आदेश जारी गरेको थियो । प्रसाईलाई थुनामुक्त गर्न माग गर्दै गत शुक्रबार उनका छोरा निराजन प्रसाईले सर्वोच्चमा निवेदन दिएका थिए ।

साइबर अपराधसम्बन्धी कसुरमा उनलाई प्रहरीले गत मङ्गलवार भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो । उनले प्रधानमन्त्री केपी शर्मा ओलीबारे गम्भीर आरोप लगाउँदै सामाजिक सञ्जालबाट ‘फेक डकुमेन्ट’ सार्वजनिक गरेका थिए ।

प्रकाशित मिति : मंसिर १२, २०८१ बुधबार  १२ : ०९ बजे