रविलाई आज काठमाडौं ल्याइँदै



काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज काठमाडौं ल्याइने भएको छ ।

कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम अपचलनका विषयमा बयान लिन उनलाई काठमाडौँ ल्याउन लागिएको हो ।

आज बेलुका उनलाई हवाईमार्गबाट यहाँ ल्याउन लागिएको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले जानकारी गराएको छ ।

प्रकाशित मिति : मंसिर १३, २०८१ बिहीबार  ४ : ५७ बजे