काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
आइतबार साँझ ५ बजेका लागि प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।
ओलीको सचिवालयका अनुसार प्रधानमन्त्रीको चीन भ्रमणका विषयमा छलफल गर्न बैठक बोलाइएको हो।
सोमबार ओली औपचारिक भ्रमणका लागि चीन जाँदैछन्।
उनका साथमा परराष्ट्रमन्त्री डा आरजू राणा देउवा पनि त्यसतर्फ जाँदैछन्।
ओलीको भ्रमण टोली ८७ सदस्यीय छ। बैठकले ओली र उनको टोलीमा जानेहरूको सूची स्वीकृत गर्नेछ।
यसअघि प्रधानमन्त्री ओलीले हिजो (शनिबार) राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेर भ्रमणबारे जानकारी गराएका थिए।














