चितवानमा रवि लामिछानेको बयान जारी



काठमाडौं । सहारा चितवन सहकारी संस्थाको बचत अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बुधबार पनि बयान भइरहेको छ। बिहान ८ बजेदेखि बयान सुरु भएको जिल्ला सरकारी वकिलको कार्यालयले जानकारी दियो। मंगलबारदेखि उनको बयान सुरू भएको थियो।

लामिछानेलाई मंगलबार बिहान बुद्ध एयरको जहाजमार्फत् चितवन लगिएको थियो।

सभापति लामिछानेलाई गत मंसिर १३ गते काठमाडौं ल्याइएको थियो। कालिमाटीमा कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी समेतको बचत अपचलनको अनुसन्धानका लागि लामिछानेलाई काठमाडौं ल्याएर बयान लिइएको थियो।

सहारा बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलनको अभियोगमा सभापति लामिछानेविरूद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको थियो। त्यही अनुसन्धानका लागि उनलाई चितवन लगिएको हो।
गत कात्तिक २ गते सोही अभियोगमा सभापति लामिछानेलाई पार्टी कार्यालय चःमतिबाट पक्राउ गरी पोखरा लगिएको थियो।

प्रकाशित मिति : मंसिर १९, २०८१ बुधबार  ११ : २० बजे