काठमाडौं, । राष्ट्रपति रामचन्द्र पौडेलको शल्यक्रिया सम्पन्न भएको छ । आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उनको प्रोस्टेडको अप्रेसन गरिएको हो ।
बुधबार बिहान प्रोस्टेटसम्बन्धी उपचार गर्नका लागि उनी अस्पताल भर्ना भएका थिए । उनको आधुनिक प्रविधिबाट शल्यक्रिया (बाइबोलार टर्प) सफलतापूर्वक सम्पन्न भएको छ ।
हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।










