प्रधानमन्त्रीबाट झापामा मानवसेवा आश्रमको भवन उद्घाटन



झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको मेचीनगर नगरपालिका ४, आमडाँडीस्थित मानवसेवा आश्रमको जिल्ला कार्यालयको भवन उद्घाटन र मानवसेवा स्मारकको भवन शिलान्यास गरेका छन्।

आइतबार प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्यले उद्घाटन र शिलान्यास गरेका हुन्।

कार्यक्रममा आश्रमका लागि दुई बिगाहा पाँच कठ्ठा जग्गा दिने स्थानीय रामबहादुर प्रधान र परिवारलाई सम्मान गरिएको थियो।

प्रधानमन्त्री ओलीले सो आश्रमको भवन निर्माणका लागि आफ्नो एक महिनाको तलव र महिला शाक्यले दुई महिनाको पेन्सन रकम दिने घोषणा गरे।

प्रधानमन्त्री ओलीको घोषणापछि अन्य अतिथि र जनप्रतिनिधिले पनि सहयोगको घोषणा गरेका थिए।

प्रकाशित मिति : मंसिर २३, २०८१ आईतबार  ४ : २३ बजे