काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश चलाउने कुरा अरूलाई गाली गरेजस्तो र सहकारी ठगीजस्तो नभएको भनी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०लाई लक्षित गर्दै कटाक्ष गरेका छन्।
गृह जिल्ला झापामा बनेको १८ तले दमक भ्यूटावर उद्घाटन गर्न पुगेका ओलीले भ्यूटावर उद्घाटन गर्दै देश चलाउने कुरा अरूलाई गाली गरेजस्तो र सहकारी ठगीजस्तो नहुने टिप्पणी गरेका हुन्।
‘देश चलाउने कुरा अरूलाई गाली गरेजस्तो र सहकारी ठगीजस्तो होइन,’ उनले भने, ‘हामीले बलिदान गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था मास्न दिँदैनौँ।’
ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमूना भएको दाबी गरेका छन् ।ओलीले यो टावर सञ्चालनमा आएपछि रोजगारी सृजना हुने र यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेमा विश्वास व्यक्त गरे ।विश्वका ठुला मुलुकमा पनि आर्थिक स्रोत र पहिचानको लागि यस्ता अग्ला भवन बनेको उदाहरण प्रस्तुत गर्दै उनले कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक सहर बनाउने घोषणा पनि गरे ।
उनले आफूहरुले बलिदान गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था मास्न नदिने उद्घोष गरे ।
दमकको मुख्य बजार क्षेत्रबाट चार किमी दूरीमा पर्ने कम्प्लेक्स रु एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा निर्माण भएको हो ।










