नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ ।

आज बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बैठक सुरु भएको हो ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको बीआरआई फ्रेमवर्क सम्झौताबारे छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : मंसिर २४, २०८१ सोमबार  १० : ३० बजे