गण्डकीको सांसदमा सुनिता थापालाई सिफारिस गर्ने कांग्रेसको निर्णय



काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फको रिक्त गण्डकी प्रदेशसभा सदस्य पदमा स्याङ्जाकी सुनिता थापालाई सिफारिस गर्ने निर्णय गरेको छ।

आज बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले रिक्त स्थानमा पदपूपर्तिका लागि निर्वाचनमा आयोगमा भएको बन्दसूचीको क्रमसंख्याअनुसार उनको नाम निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

केही अघि गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको मृत्यु भएपछि सो पद रिक्त थियो ।

प्रकाशित मिति : मंसिर २४, २०८१ सोमबार  १२ : ३९ बजे