विपन्न विद्यार्थीलाई सुनौलो शिक्षा र इन्टेरियर प्वाइन्टको सहयोग



काभ्रे –

मानव बेचविखन विरुद्ध र बाल संरक्षणका क्षेत्रमा काम गर्दै आएको सुनौलो शिक्षा नेपालले विपन्न विद्यार्थीहरुलाई सहयोग गरेको छ । शुक्रबार पुर्व सांसद, कांग्रेस केन्दीय सदस्य शिव हुमागाई र शक्ति समुहकी संस्थापक चरिमाया तामांगले संयुक्त रुपमा काभ्रेको पस्थलीस्थीत बाल आदर्श आधारभुत बिद्यालयमा अध्ययनरत ८० विद्यार्थीलाई ट्रयाक सुट हस्तान्तरण गरेका हुन् ।

सुनौलो शिक्षा नेपाल तथा ईन्टेरीयर प्वाईन्टसले संंयुक्त रुपमा सो सहयोग उपलब्ध गराएको हो । यसअघि पनि काभ्रेका अन्य विद्यालयहरुमा शैक्षिक सामाग्री सहयोग गरेको थियो । ईन्टेरीयर प्वाईन्टसका प्रमुख चन्द्र प्रसाद हुमागाईले विपन्न विद्यार्थीलाई सहयोग गर्ने कामलाई निरन्तरता दिने बताए ।

कार्यक्रममा मानव बेचविखन बिरुद्ध र बाल संरक्षणका बिषयमा बालबालिका तथा अभिभावकलाई अभिमुखीकरण समेत दिइएको थियो । कार्यक्रममा मानव बेचविखन बिरुद्धको अभियन्ता चरिमाया तामांगले आफु बेचिँदाको पिडा बालबालिका माझ साटेकी थिइन् । सुनौलो शिक्षा नेपालका अध्यक्ष आशिष दुलालले कार्यक्रम संयोजन गरेका थिए । निरा दुलालले कार्यक्रम सन्चालन गरेकी थिइन् ।

प्रकाशित मिति : श्रावण १८, २०७६ शनिबार  ९ : २४ बजे