काठमाडौं, २८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र एमालेविरुद्ध गिरोह नै लागिरहेको बताएका छन् । आज ९शुक्रबार० आदिवासी जनजाति महिलाहरूको प्रथम राष्ट्रिय भेलामा बोल्दैउनले नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा रहेको गिरोह आफू र एमालेविरुद्ध लागिरहेको दाबि गरेका हुन् ।
‘अहिले हामीविरुद्ध कु–प्रचार गर्ने सबै काम माओवादीहरूको नेतृत्वमा भइरहेको छ । नराम्रा कामहरुजति प्रचण्ड महोदयले नेतृत्व गरिहनु भएको छ, उहाँहरूको गिरोह सक्रिय छ,’– ओलीले भने ।
“प्रचण्ड महोदयले नराम्रा कामको नेतृत्व गरिरहनुभएको छ । उहाँको गिरोह सक्रिय छ । अरू होइन, एमाले र मेराविरुद्ध सक्रिय छ,” ओलीको दाबी छ ।
प्रधानमन्त्री ओलीले आफू र एमालेविरुद्धका सबै आरोपहरु परास्त गरेर अगाडि बढ्ने पनि बताए ।उनले आफूमाथि लगाइएका आरोप र भ्रम पचाइदिने समते बताए ।














