सहकारी ठगी प्रकरण: रवि लामिछानेलाई अदालतमा उपस्थित गराइँदै



काठमाडौं ।सहकारीको रकम अपचलनको प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइँदैछ।

लामिछानेलाई पछिल्लो पटक लिएको ५ दिनको म्याद सोमबार सकिएकाले आज पनि म्याद थपका लागि अदालत पेश गर्न लागिएको हो ।

पछिल्लो दुई महिनामा उनलाई कास्की, काठमाडौं, चितवन र पर्सा अदातलमा उपस्थित गराएर अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : पुस २, २०८१ मंगलबार  १० : ३१ बजे