सहकारी ठगी प्रकरण: रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयो



पोखरा ।सहकारीको रकम अपचलनको प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहित ५ जनालाई अदालत उपस्थित गराइएको छ ।

लामिछानेलाई पछिल्लो पटक लिएको ५ दिनको म्याद सोमबार सकिएकाले आज पनि म्याद थपका लागि अदालत पेश गरिएको हो ।

रविसँगै गोरखा मिडिया नेटवर्कमा व्यवसायिक साझेदार बनेका पूर्वडिआईजी छविलाल जोशी, गितेन्द्रबाबु राई (जिबी)सँग मिलेर सूर्यदर्शन सहकारीको तीन करोड बढी अपचलन गर्ने गीता पछाई र नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाललाई पनि म्याद थपका लागि अदालत पेश गरिनेछ ।

पछिल्लो दुई महिनामा उनलाई कास्की, काठमाडौं, चितवन र पर्सा अदातलमा उपस्थित गराएर अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : पुस २, २०८१ मंगलबार  ११ : १८ बजे