काठमाडौं, २ पुस । नेकपा (माओवादी केन्द्र)ले पार्टिमा फर्किने नेताहरुलाई पुरानै जिम्मेवारी दिने भएको छ । गत मंसिर २८ गतेको स्थायी कमिटी बैठकको निर्णयले पार्टीमा फर्किनेहरुलाई लचिलो नीति अख्तियार गर्ने निर्णय गरेको हो ।
सोही निर्णयअनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देवप्रसाद गुरुङले मातहतका कमिटीहरुलाई संयुक्त सर्कुलर जारी गरिसकिएको छ ।
अध्यक्ष प्रचण्ड माओवादी घटकसहित अन्य वाम शक्तिहरुलाई एकीकृत गर्ने पक्षमा छन् । सोही नीतिअनुरुप पार्टी छाडेका नेताहरुलाई पुनः फर्किनका लागि लचिलो नीति अख्तियार गरिएको बताइएको छ ।
एकीकरण, समायोजन गर्दा साङ्गठनिक जिम्मेवारी व्यवस्थापनमा उपेक्षा भएको गुनासो आएको सन्दर्भलाई सम्बोधन गर्दै माओवादीले पहिले जुन स्तरमा कार्यरत रहेको सोही स्तरमा समायोजन गर्ने नीति अख्तियार गरेको छ ।
‘मुलुकको विद्यमान परिस्थितिमा वाम एकता र धुर्वीकरणको आवश्यकतालाई ध्यानमा राखी समान विचार भएका वाम घटकहरूसँग पार्टी एकता र धुर्वीकरणमा जोड दिने । विगतमा एकीकरणरसमायोजनरपार्टी प्रवेश भएका कतिपय कमरेडहरूको सन्दर्भमा सांगठनिक जिम्मेवारी व्यवस्थापनमा उपेक्षा भएको भनी आएका गुनासोलाई ध्यानमा राखी एकीकरणरसमायोजनरप्रवेश हुँदाका बखत स्थापित वाम घटकहरूमा जुन–जुन स्तरमा कार्यरत रहेको थियो सोही स्तरमा समायोजन गर्ने र गैरवाम घटकहरूबाट पार्टी प्रवेश हुँदा सम्बन्धित पार्टी समितिहरूको निर्णयअनुसार समायोजन गर्ने निश्चित गरिएको छ,’– सर्कुलरमा भनिएको छ ।










