व्यवसायी प्रसाईंको बन्दी प्रत्यक्षीकरणको मुद्दा न्यायाधीश पोखरेलको इजलासमा



काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरणको मुद्दा न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेशी परेको छ ।

पछिल्लो पटक जिल्ला अदालतले साइवर अपराध बाहेक अर्कोमा म्याद थप गरेपछि प्रसाईँका छोरा नीराजनले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका हुन् ।

प्रसाईंविरुद्ध जिल्ला अदालतमा साइबर अपराधको मुद्दा दायर भएको थियो । साइबर अपराधको मुद्दामा ४० हजार धरौटी तिरेर रिहा भएका प्रसाई व्यापारीलाई धम्क्याएको भन्दै पक्राउ परेका थिए ।

प्रकाशित मिति : पुस ३, २०८१ बुधबार  ११ : ५५ बजे