राष्ट्रिय परिचयपत्र विवाद, मुद्दा पूर्ण इजलासमा पेश गर्न सर्वोच्चको आदेश



काठमाडौं । राष्ट्रिय परिचयपत्र बारेको विवाद पूर्ण इजलासमा पेश गर्न सर्वोच्चले आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले सो विवाद पूर्ण इजलासमा पेश गर्न आदेश दिएको हो ।

सामाजिक सुरक्षा भत्ता लगायतका काममा राष्ट्रिय परिचयपत्र अनिर्वाय गर्ने सरकारको निर्णय विरुद्ध केही अधिवक्ताहरु सर्वोच्च पुगेका थिए ।

सर्वोच्चले सो टिरमाथि सुनुवाइ गर्दै तत्काल परिचयपत्र अनिवार्य नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

अन्तरिम आदेशविरुद्ध सरकारले भ्याके निवेदन दिएको थियो

प्रकाशित मिति : पुस १२, २०८१ शुक्रबार  ६ : ०१ बजे