भारतीय कम्युनिष्ट पार्टीका महासचिव सीताराम येचुरी कश्मीरको श्रीनगर विमानस्थलबाट पक्राउ



काठमाडौं –

भारतीय कम्युनिष्ट पार्टी ‘मार्क्सवादी’ का महासचिव सीताराम येचुरी शुक्रबार दिउँसो जम्मू–कश्मीरको श्रीनगर विमानस्थलबाट पक्राउ परेका छन । उनि आफ्नो पार्टीका अस्वस्थ विधायक युसुफ तरिगामीलाई भेट्न इन्डिगो एअरलाइन्समार्फत श्रीनगर पुगेका थिए ।

यसभन्दा पहिले महासचिव येचुरीले जम्मू–कश्मीरका राज्यपाल सत्यपाल मलिकलाई लेखेको पत्र ट्वीट गरेका थिए । उनले पत्रमा आफू र भाकपा नेता डी . राजा आफ्ना पार्टीका अस्वस्थ विधायक युसुफ तरिगामीलाई भेट्न इन्डिगो एअरलाइन्समार्फत श्रीनगर आइरहेको जानकारी गराएका थिए । येचुरीको भ्रमणका बारेमा प्रशाशन लाई समेत जनकारी गराइएको थियो ।

यचुरी नेपाल मामिलाका जानकार समेत हुन् । नेपालका कम्युनिष्ट नेताहरुसँग उनको निकट सम्बन्ध रहेको छ ।

प्रकाशित मिति : श्रावण २४, २०७६ शुक्रबार  १० : ३१ बजे