काठमाडौं ।सहकारी पीडितको पक्षमा बहस गर्न अदालतमा पुगेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूमाथि कुटपिट गर्ने व्यक्तिविरुद्ध उजुरी दिएका छन् ।
ज्यान मार्ने उद्योग र आपराधिक उपद्र भएको भन्दै बिहीबार उनले प्रहरी वृत्त सिंहदरबारमा उजुरी दिएका हुन् ।
बुधबार काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेको विपक्षमा बहस गर्न अदालत गएका उनी रविकै कार्यकर्ताबाट कुटिएका थिए ।














